Like us!
Follow us!
Connect us!
Watch us!

सुधारतर्फ अर्थतन्त्र : देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १२ : ५३ मा प्रकाशित

सुधारतर्फ अर्थतन्त्र : देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएकाे छ ।

राष्ट्र बैंककाे रिपाेर्ट अनुसार शोधनान्तर स्थिति आकर्षक ढङ्गले बढेकाे छ । माघ मसान्तसम्म शोधनान्तर स्थिति १३३ अर्ब २१ कराेडले बचतमा रहेकाे छ । आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ ।   

यता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । नेपाल भित्रिने रेमिट्यान्स निरन्तर बढ्दाे क्रममा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो । 

प्रमुख झलक हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको