Like us!
Follow us!
Connect us!
Watch us!

१ खर्ब ३३ अर्ब नाघ्याे शोधनान्तर बचत

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १३ : ०३ मा प्रकाशित

१ खर्ब ३३ अर्ब नाघ्याे शोधनान्तर बचत

चालु आर्थिक वर्षको ७ महिना सकिँदा अर्थात् माघसम्ममा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ ।

साेही रिपाेर्ट हेर्दा शोधनान्तर स्थिति आकर्षक ढङ्गले बढेकाे देखिएकाे छ । माघ मसान्तसम्म शोधनान्तर स्थिति १३३ अर्ब २१ कराेडले बचतमा रहेकाे छ । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

चालु आर्थिक वर्ष २०७९/८० को सुरुको दुई महिना साउन र भदौमा घाटामा रहेको शोधनान्तर स्थिति असोजपछि भने लगातार बचतमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको