Like us!
Follow us!
Connect us!
Watch us!

२७.१ प्रतिशतले बढ्यो नेपाल भित्रिने रेमिट्यान्स

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १२ : ३९ मा प्रकाशित

२७.१ प्रतिशतले बढ्यो नेपाल भित्रिने रेमिट्यान्स

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २७.१ प्रतिशतले बढेकाे छ ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि माघ मसान्तसम्म नेपालमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो । 

पछिल्लो ७ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भएकाे छ ।

प्रमुख झलक हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको