Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम अवसर

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ०६ : १६ मा प्रकाशित

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम अवसर

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको १३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

बैकको १६औं वार्षिक साधारण सभा चैत १४ गते मंगलबारका दिन कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुने छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले भोली फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोजको मिति तोकेको थियो त्यसैले आज फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको