Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा मिडिल तमोर हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १७ : ३९ मा प्रकाशित

सानिमा मिडिल तमोर हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिरहेकाे छ । लागि आइपीओ बिक्री खुला गरेको छ। 

सीडीएसका अनुसार आज ५ बजेसम्ममा १० लाख ६७ हजार ३ सय ३० जना लगानीकर्ताले १ करोड २५ लाख ४ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि माग गरिएकाे भन्दा २.९४ गुणा बढी आवेदन हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयरलाई आइपिओ  मार्फत बिक्रीमा ल्याएको हो। जसमध्ये १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ %  २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ। सबैलाई छुटाएको बाहेक बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। 

कति दिने आवेदन ?

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिलेसम्म दिने आवेदन ?

भाेलि फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

रेटिङ कति ?

 रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको