Like us!
Follow us!
Connect us!
Watch us!

रियल मीद्वारा आफ्ना ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’हरुलाई स्कुटर वितरण

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १३ : ०१ मा प्रकाशित

रियल मीद्वारा आफ्ना ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’हरुलाई स्कुटर वितरण

विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो । 

२१ मध्य ७ वटा स्कुटरहरु गत आइतबार नक्साल स्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।

यस बारेमा बोल्दै रियलमीका कन्ट्री हेड श्री मुनिश गिरीज्युले भने, “सर्वप्रथम त स्कुटर जित्न सफल सबै विक्रेताहरुलाई बधाई दिन चाहन्छु । साथै रियलमीका स्मार्टफोनहरु आम उपभोक्ताहरु माझ सहज रुपमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण विक्रेताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, मलाई आशा छ आउँदा दिनहरुमा यसै गरी रियलमीलाई साथ र सहयोग प्रदान गर्नुहुनेछ ।”

उक्त स्किम अन्तर्गत काठमाडौंको डिजि मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यु युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।

त्यस्तै गरी जनकपुरबाट एम टेक,  ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, साम्संग मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढिबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम सप्लायर्स र दाङको न्यु सभियोग मोबाइल शप  र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको