Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घटाएन ब्याजदर

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ०७ : ४८ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घटाएन ब्याजदर

स्ट्यान्डर्ड चार्टर्ड बैंकले नघटाएरै कर्जा तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन महिनामै कायम ब्याजदलाई निरन्तरता दिँदै आज चैत्र १ गतेदेखि लागु हुनेगरी सार्वजनिक गरेको छ ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको थियो । अन्य वाणिज्य बैंकहरुले सोहि अनुरुपमा नयाँ ब्याजदर सार्वजनिक गरेपनि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६ंं.४२ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने छ । अन्य बैंकहरुले बचत खाताको न्यूनतम ब्याजदर ६.४२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेकोता पनि स्ट्यान्डर्ड चार्टर्डले भने बचत खातामा न्यूनताम ६.४२ प्रतिशत नै ब्याज दिने छ ।

त्यस्तै बैंकले कर्जामा पनि आधारदरमा ५.७५ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । तर नेपाल बैंकर्स सङ्घले आधारदरमा अधिकतम पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्ने निर्णय गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको