Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ११ : २१ मा प्रकाशित

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज पनि अमेरिकी डलर करिब एक रुपैयाँले वृद्धि भएको हो । 

राष्ट्र बैंकका अनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ । यसअघि मंगलबार भने यसको खरिदमूल्य १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । बुधबारका लागि एक युरोको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ २२ पैसाले बढेको हो साथै मंगलबार ४८ पैसाले र सोमबार ७५ पैसाले वृद्धि भएको थियो । मंगलबार यसको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा थियो । 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ रुपैयाँले बढेको छ । मंगलबार उक्त पाउण्डको खरिदमूल्य १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा कायम गरिएको थियो । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसामा पाइन्छ । 

उता, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३५ रुपैयाँमा २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर, ३५ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा तोकेका छ भने मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३५ पैसा र बिक्रीमा २९ रुपैयाँ ४८ पैसामा पाइन्छ । बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ १४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको