सरकारले मन्त्री र उच्च पदका सरकारी कर्मचारीलाई अति आवश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ । हिजो (मङ्गलवार) बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय भएको जानकारी गराएकी हुन् ।
बैंठकले गरेको निर्णय सार्वजनिक गर्दै उनले भनिन्, 'नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त अति आवश्यक अबस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय भएको छ ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस