Like us!
Follow us!
Connect us!
Watch us!

बालेन शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १२ : १७ मा प्रकाशित

बालेन शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

सरकारले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको हो । 

आजको बैठकले यही जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रोपोलिस् वर्ल्ड कंग्रेस तथा  ब्रसेल्स अर्बान समिट–२०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमख बालेन्द्र शाहको भ्रमण स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको