Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, ११ : ३४ मा प्रकाशित

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर तर्फको ८६ हजार ३३३ कित्ता चैत २ गतेदेखि बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी संस्थापक तर्फको सेयर बिक्रीमा ल्याएको हो । 

यो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर विक्री प्रक्रिया अघि बढाईने बैंकले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको