Like us!
Follow us!
Connect us!
Watch us!

व्यावसायीले बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन नरोक्ने

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १३ : ४६ मा प्रकाशित

व्यावसायीले बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन नरोक्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको आश्वासनलाई अस्वीकार गर्दै व्यावसायीले बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन नरोक्ने भएका छन् । नेपाल राष्ट्रिय व्यावसायीका महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो तर महासंघले फिर्ता लिएको जनाए पनि ४२ वटा व्यापार संगठन आबद्ध बैंकको ब्यादरविरुद्ध मूल संघर्ष समितिले भने आन्दोलन जारी रहने जनाएका हुन् ।

बैक तथा वित्तीय क्षेत्रले केही महिना अघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखि १८ प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको उल्लेख गर्दै बैंकिङ आतंकविरुद्ध आन्दोलन जारी रहने जनाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको