Like us!
Follow us!
Connect us!
Watch us!

लाभांशमा टप फाइभ हाइड्राेपावर, हेर्नुस् कुनले कति दिए ?

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १६ : २५ मा प्रकाशित

लाभांशमा टप फाइभ हाइड्राेपावर, हेर्नुस् कुनले कति दिए ?

हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका विभिन्न १९ वटा हाइड्राेपावर कम्पनीहरूले आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । 

आज हामी यहाँ हालसम्म लाभांश घोषणा गरेका हाइड्राेपावरहरुमध्ये सर्वाधिक लाभांश दिने ५ वटा हाइड्राेपावरको बारेमा चर्चा गर्नेछौँ । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाइड्राेपावरमध्येकै उच्च लाभांश रिडी पावर कम्पनी लिमिटेडले दिएको छ ।

हेर्नुस् कुनकाे कति ?

१. रिडी पावर कम्पनी लिमिटेड

रिडी पावर कम्पनी लिमिटेडले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश माघ २९ गते, आइतबार सम्पन्न भएकाे कम्पनीको २१औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

२. कालिका पावर कम्पनी लिमिटेड

कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । उक्त प्रस्तावित लाभांश पुस २९ गते सम्पन्न भएकाे कम्पनीको वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

३. चिलिमे जलविद्युत कम्पनी लिमिटेड

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश पाैष २२ गते सम्पन्न भएकाे कम्पनीको वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

४. बुटवल पावर कम्पनी लिमिटेड

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश पुस ३० गते सम्पन्न भएकाे कम्पनीको वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

५. सर्वाधिक लाभांश घाेषणा गर्ने पाचाैँ नम्बरमा भने ३ वटा हाइड्राेपावरले बराबरी लाभांश दिएका छन् । अरूण काबेली पावर कम्पनी लिमिटेड (१० प्रतिशत बाेनस र ०.५२६३ नगद) , रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड (१० प्रतिशत बाेनस र ०.५२६३ नगद) र माउन्टेन इनर्जी नेपाल लिमिटेडले (१०.५२६३ नगद) गरी बराबरी १०.५२६३ प्रतिशत लाभांश वितरण गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको