Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिनुः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, ०७ : २१ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिनुः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश जाने युवाहरुलाई दुःख नदिन निर्देशन दिएका छन् । गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दैै उनले वैदेशिक रोजगारीमा जाँदा युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् । 

“वैदेशिक रोजगारीमा जाने युवाले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरेको छ । पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दादेखि अध्यागमनसम्म युवाले दुःख पाएको कुरा गम्भीर छ । दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्,” बैठकमा प्रधानमन्त्रीले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको