Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १० : ५९ मा प्रकाशित

नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दै हरेक खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । आज बिहान नेपाली क्रिकेट टोलिलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले फूलमालाले सम्मान गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखक छन्, ‘विश्व कप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु ।’

यस्तै, उनले मूलपानी, चितवनलगायत निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने समेत घोषणा गरेका छन् । हिजो यूएईसँगको खेलअघि त्रिवि खेल मैदान कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए। यूएईलाई ९ रनले हराउँदै नेपाल सन् २०२३ को एक दिवसीय विश्व कप छनोटमा सिधै प्रवेश पाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको