Like us!
Follow us!
Connect us!
Watch us!

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

अर्थ संसार

शनिबार, ०४ चैत्र २०७९, ११ : १९ मा प्रकाशित

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

युद्ध अपराधको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले युद्ध अपराधको आरोपमा राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आईसीसीले पुटिनविरुद्ध बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाएको आरोप लगाएको बीबीसीकामा उल्लेख छ ।

रुस र युक्रेनबीच २४ फेब्रुअरी २०२२ देखि युद्ध जारी छ । सो क्रममा रुसले युक्रेनलाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा रुसले युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । तर सो अपराधलाई रुसले स्वीकार गर्न सकेको छैन । उता रुसको विदेश मन्त्रालयले भने ‘इन्टरनेशनल क्रिमिनल कोर्ट’को फैसलाले आफ्नो देशमा कुनै अर्थ नराख्ने प्रतिकृया दिएको छ ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको