Like us!
Follow us!
Connect us!
Watch us!

केही दिन हावाहुरी र चट्याङको जोखिम, सतर्क रहन आग्रह

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, ०६ : २९ मा प्रकाशित

केही दिन हावाहुरी र चट्याङको जोखिम, सतर्क रहन आग्रह

हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। 

सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ। जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने  गर्छ । अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन्।

मनसुनपूर्वको अत्यधिक दृश्य सूचकका रूपमा मेघ गर्जने, हावा चल्ने र चट्याङ पर्दा त्यसप्रति सजग भइएन भने मानिसको ज्यान जाने सम्भावना हुन्छ। बर्खे खेतबालीको तयारीको समय भएकाले प्रायः किसान परिवार खेतबारीमा रहने भएकाले सचेत हुनु आवश्यक छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको