Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रीला मोटर्सको प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १० : १० मा प्रकाशित

सांग्रीला मोटर्सको प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स  बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौँतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ । 

समझौताको अनुसार, योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ। अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु  हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको