Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपाल एकीकरणजस्तै आर्थिक समृद्धि र विकासको अभियान पनि गोरखाबाटै शुरू गरौं’

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १२ : २४ मा प्रकाशित

‘नेपाल एकीकरणजस्तै आर्थिक समृद्धि  र विकासको अभियान पनि गोरखाबाटै शुरू गरौं’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासका लागि बूढीगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन्। गोरखा उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक समृद्धि र विकासमा रणनीतिक भूमिका रहेका दुई ठूला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः सञ्चालन र बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका हुन्। 

कार्यक्रममा उनले भने, ‘नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग संचालन गर्न मैले पनि पहल गर्नेछु। यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ। यसका साथै बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्न आग्रह गर्न चाहन्छु।’

उनले कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको उल्लेख उनले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पूर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘नेपाल एकीकरण गोरखाबाट सुरु भएर सफल भयो’, उनले भने, ‘अब आर्थिक रुपमा पनि गोरखालाई महत्वपूर्ण जिल्लाका रुपमा बिकास गर्नुपर्छ।’ ढकालले थपे, ‘तपाइँ हामी सबै पहल गरौँ। नेपाल एकीकरणको सुरुवात गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक समृद्धि र विकासको अभियान पनि यहीँबाट सुरु गरौँ।’

ढकालले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्नेजस्ता गलत क्रियाकलापहरु सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए। उनले बैंकको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरुले निर्धारण गर्ने हुँदा कुनै एक बैंकको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको