Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी र खप्तड लघुवित्तको विशेष साधारण सभा आज, मर्जरको प्रस्ताव पारित हुने

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, ०६ : २४ मा प्रकाशित

धौलागिरी र खप्तड लघुवित्तको विशेष साधारण सभा आज, मर्जरको प्रस्ताव पारित हुने

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न आज सोमबारका लागि विशेष साधारण सभा बोलाएका हुन ।

धौलागिरी लघुवित्तले डिसीआरडिसीको सभाहल उपल्लाचौर, बाग्लुङ्गमा बिहान १० बजे सभा बोलाएको हो भने खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सभा बोलाएको हो । 

सभाले यी दुबै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको