Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तको लक–इन अवधि समाप्त

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, ०८ : २२ मा प्रकाशित

धौलागिरी लघुवित्तको लक–इन अवधि समाप्त

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आजदेखि औपचारिक रूपमा समाप्त भएको छ। यससँगै संस्थापक सेयरधनी र कर्मचारीहरूको नाममा रहेको सेयर दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ।

खप्तड लघुवित्तसँग मर्जर भएपछि धौलागिरी लघुवित्तका संस्थापक सेयरधनीको स्वामित्वमा रहेका २ लाख १ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित १५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त भएको हो।

मर्जरअघि संस्थापक सेयरधनीहरूले २ लाख ६८ हजार कित्ता र कर्मचारीहरूले २ हजार कित्ता सेयर आफ्नो स्वामित्वमा राखेका थिए।

धौलागिरी लघुवित्तले २०७९ भदौ ८ देखि १२ गतेसम्म सर्वसाधारण (कर्मचारीसहित) का लागि आईपीओ जारी गरेको थियो। सो आईपीओको बाँडफाँट २०७९ भदौ २० गते सम्पन्न भएको थियो।

लक–इन अवधि समाप्त भएपछि संस्थापक र कर्मचारी स्वामित्वका सेयर खुलेर बजारमा कारोबारयोग्य हुने भए पनि, सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन तहका कर्मचारीहरू भने तत्काल कारोबारमा सहभागी हुन पाउने छैनन्। उनीहरूले आफ्नो पद बहाल रहुन्जेल र अवकाश प्राप्त भएको मितिले एक वर्षसम्म सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था कायम छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको