Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जा उपलब्ध गराउने सम्झौता

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, ११ : १४ मा प्रकाशित

आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जा उपलब्ध गराउने सम्झौता

कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार, अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्ने छन् । 

ग्राहकको चाहना अनुसार अशोक लेल्यान्डका सवारी साधन किन्नका लागि बैंकले अधिकतम ७ वर्ष सम्मका लागि करिव १४ प्रतिशत सम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने छ । कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ । नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर सो कर्जा उपलब्ध हुनेछ । नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ । देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको