Like us!
Follow us!
Connect us!
Watch us!

३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १२ : १९ मा प्रकाशित

३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

बैंकले तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज सोमबार (चैत ६ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको