Like us!
Follow us!
Connect us!
Watch us!
माधवको नेतृत्वमा बन्यो कार्यदल

भागबन्डा मिलेपछिमात्रै एकीकृत समाजवादी सरकारमा जाने

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १५ : ३० मा प्रकाशित

भागबन्डा मिलेपछिमात्रै एकीकृत समाजवादी सरकारमा जाने

सत्तारुढ गठबन्धनको घटक रहेको नेकपा (एकीकृत समाजवादी)भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने भएको छ। आज मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा यस्तो निर्णय भएको सम्मानित नेता झलनाथ खनालले बताएका हुन्। बैठकपछि सम्मानित नेता खनालले गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने कुरा भएको बताए।

सरकारमा कुन नीति, सिद्धान्त र कार्यक्रमको लागि जाने त्यो टुंगिएपछि मात्रै मन्त्रालयको संख्यामा जाने बताउँदै उनले भने, ‘सरकारमा के नीति कार्यक्रमका साथ जाने? हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ? सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ। त्यसको लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ। त्यो प्याकेजअनुसार हामी निर्णय गर्छौं।’

यस्तै, एकीकृत समाजवादीले सरकारमा जाने तयारी गर्न र भागबन्डा मिलाउन तीन नेताको कार्यदल बनाएको छ। अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको