Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक आकाशमा समाजवादी जहाज, गन्तब्य कहाँ ?

निकिता खनाल

मंगलबार, ०५ असार २०८०, १७ : ०३ मा प्रकाशित

राजनीतिक आकाशमा समाजवादी जहाज, गन्तब्य कहाँ ?

नेकपा ब्युताउने मिसन फेल भएपछि नेपालमा एक अर्को राजनीति मोर्चाको जन्म भएको छ । २०७५ साल जेठ ३ गते निकै तामझाँमका साथ नेकपाको घोषणा जहाँ भएको थियो त्यसको पाँच वर्षपछि फेरी त्यहि राष्ट्रिय सभागृहमा एक अर्को राजनीतिक समिकरणको घोषणा भएको हो । दुई पाइलटले चलाएको नेकपा नामको बोइङ जहाज तब दुर्घटनामा पर्यो जब सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को खारेजी भयो । त्यो बेलासम्म उक्त जहाजका दुई पाइटलबीच मनमुटाब सुरु भइसकेको थियो । अहिले फेरी उहि तामझाँम र उहिँ उत्साहका साथ नेपाली राजनीतिमा नयाँ जहाज उडेको छ । त्यो पनि चार जना पाइलट भएको ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा), विप्लव नेतृत्वको नेकपा, सहभागी छन् । समाजवादी मोर्चा गठनका परिकल्पनाकार डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) लाई भने यसबाट आउट गरिएको छ ।

कहिले र कसरी भयो समाजवादी मोर्चाको परिकल्पना ?

एमाले र माओवादीबीच एकतापछि पार्टीको नाम नेकपा बनेको थियो । सर्वोच्च अदालतले एमाले र माओवादी अलग गरिदिएपछि नेकपा विभाजन भयो  । त्यसबेला नेकपाभित्र तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच चरम विवाद भएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन भएपछि प्रचण्ड समाजवादी मोर्चा निर्माणको निष्कर्षमा पुगेका हुन् । सोमबार प्रधानमन्त्री प्रचण्डले माओवादी र एमालेबीच एकता भएर बनेको नेकपाको सम्झना गर्दै एकता गरेर ठुलो भुल गरेको भन्दै पहिलानै मोर्चा बनाउन चुकेको धारणा समेत राखेका थिए । प्रधानमन्त्री प्रचण्डले गतिशिल, परिवर्तनगामीको पक्षमा काम गर्नलाई र प्रतिगामीविरुद्ध लड्न मोर्चा बनाएको दाबी गरे ।

कार्यक्रममा सम्बोधन गदै नेकपा एसका अध्यक्ष नेपालले समाजवादी मोर्चा कुनै नेतालाई तर्साउन नभइ शक्ति एकता गर्न मोचा बनाएको बताए । उनले भने, ‘समाजवादी शक्ति एकता गर्न मोर्चा बनाएको हो, न कि कसैलाई घुर्काउन, दबाब दिन, तर्साउन होइन । तर्साउन चाहँदैनौं । मुकाबिला गर्न होइन । प्रतिगमन रोक्न हो ।’ जनता समाजवादी नेपालका अध्यक्ष यादवले पनि नेपालको संविधान नै अपूर्ण रहेकाले संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘संविधानले अपनत्व लिन सकेको छैन । यसलाई संशोधन गर्नुपर्छ । आफ्नै देशका नागरिकलाई नागरिकता नदिने देश नेपाल बनेको छ । यो समस्या समाधान हुनुपर्छ ।’

२०७२ को संविधान जारी भएपश्चात नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले परम्परागत पार्टीहरुकै विकल्पमा समाजवादी शक्तिको आवश्यकता रहेको घोषणा गरेका थिए । त्यस्तै, मोर्चा घोषणाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनले देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेको बताएका थिए ।

नेपाल समाजवादी पार्टी पनि समाजवादी मोर्चा बनाउन तत्पर थियो । तर, समाजवादको बाटोमा हिड्न प्रेरित गर्ने उनी समाजवादीको मोर्चामासहभागि नहुनु पनि धेरैको चासोको विषय हो । यता मोर्चामा उपस्थित झलनाथ खनाल भने मोर्चाप्रति असन्तुष्ट जस्तो देखियो । सोमबार कार्यक्रममा बोल्दै उनले मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, देशको भविष्य उज्यालो बनाउने मोर्चा बनोस भनेका थिए ।
मोर्चाको उदेश्य सत्ता टिकाउने!

समाजवादी मोर्चा घोषणा कार्यक्रमा झलनाथ खनालले बोलेको कुरा सोचनीय छ । उनले यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस् भनेका थिए । यो अभिव्यक्ति उनले केहि गन्ध नपाएर त दिएका होईनन् होला ?

प्रचण्डको लामो कसरतपछि घोषणा भएको समाजवादी मोर्चाको निर्माण के का लागि भयो रु यो प्रश्न अहिले सबैलाई साचोको विषय बनेको छ ।  आखिर किन बामपन्थीहरु एक हुन लागेका हुन् भन्ने प्रश्न यहाँ तेर्सिन्छ । के उनीहरु गुमेको शक्तिलाई पुनः जोड्ने र संसदमा आफ्नो गुणपुरक संख्या पुर्याउन त मोर्चा गठन गरिरहेका त छैनन् रु अहिलेको संसदको अंकगणित हेर्दा मोर्चासँग माओवादी ९३२०, जसपा ९१२० र एकीकृत समाजवादी ९१०० गरी संसद्मा ५४ सिट एक ठाउँमा हुनेछ । यसले संसदमा ठूलो भूमिका निर्वाह गर्नेछ । मन नपरे संसदमा उनीहरुले कसैलाई पनि समर्थन नदिने र पक्षमा रहेर मध्यावधि गराउन सक्छन् ।

समाजवादी मोर्चा बनेसँगै दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति बन्न सक्छ । सरकारको स्थायित्व र गठन–विघटनमा मोर्चाविना जटिल समीकरण हुने देखिन्छ । मोर्चामा आवद्ध माओवादी, जसपा र एकीकृत समाजवादी संसदभित्र छन् । विप्लव नेतृत्वको नेकपा संसद बाहिर छ जसले संसद बहिस्कार गरेको हो । संघीय शासन प्रणालीअनुरूपको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको सैद्धान्तिक मान्यता छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालगायत परिवर्तनका पक्षधरहरू मोर्चामा सहभागी हुन लागेको नेताहरूले बताएका छन् ।

वास्तवमा मोर्चा सत्ता केन्द्रित नै देखिन्छ । उनीहरु आफ्नो साख बचाउनका लागि एकअर्काको साथमा रहेको स्पष्ट छ । अहिले मोर्चामा सहभागि माओवादीका अध्यक्ष दाहाल क्वान्टेन्टमेन, सत्यनिरुपण तथा मेलमिलाप लगायतका प्रकरण, एकिकृत समाजवदीका अध्यक्ष माधव नेपाल ललिता निवास प्रकरण, जसपाका अध्यक्ष उपेन्द्र यादव गौर हत्याकण्ड ‘गौर नरसंहार’ लगायतका प्रकरणका मुख्य व्यक्तिहरु हुन् ।

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणा देउवा सिंगापुरमा छन् । कांग्रेस सरकारबाट पछि हट्न कसरत गरिरहेको बुझिएको छ । यदी कांग्रेसले अहिलेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट पछि हटे कसले सरकार बनाउन वा कसको बहुमत पुग्ने भन्ने अन्यौलता छाउँछ । आउने दिनमा कस्तो प्रभाव पार्ला हेर्न बाँकी छ । एमाले भने यस विषय प्रति अनइच्छुक देखिएको छ ।
समाजवादी मोर्चा भयो भने नेपाली कांग्रेसलाई यसबाट सबै भन्दा धेरै घाटा हुने आँकलन भइरहेको छ । सोहि कारण पनि प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस पछि हट्न सक्ने अनुमान भइरहेको छ । मोर्चाको नेतृत्व आलोपालो गर्ने गरी पाँच दलबीचमा सहमति भएको छ । अब नेपाली राजनीति निकै तरंगित हुने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको