Like us!
Follow us!
Connect us!
Watch us!

झलनाथले भने– नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु भयो’

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १४ : ३१ मा प्रकाशित

झलनाथले भने– नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु भयो’

शनिबारदेखि जारी रहेको माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटि बैठक आज (आइतबार) पनि बसीरहेको छ । जारी बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो १६ पेज लामो दस्ताबेज पेस गरेका छन् । 

दस्ताबेजमा खनालले पार्टी नेतृत्वको कार्यशैलीदेखि कार्यकर्ता पलायनसमेतलाई उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले दस्ताबेजमा नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएको उल्लेख गरेका छन् । 

खनालले पार्टी लगाताररुपमा दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्दा नेता कार्यकर्ता दिनप्रतिदनि एमालेमा फर्किरहेको स्पष्ट पारे।

‘आखिर हाम्रो पार्टी दक्षिणपंथी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बड्यो । नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी रसाख नराम्ररी गिराई दियो । कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो’ । खनालले भनेका छन् ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको