Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त र मिटरब्याजीविरुद्ध ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरुको विरोध प्रदर्शन हुँदै

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १० : ४९ मा प्रकाशित

लघुवित्त र मिटरब्याजीविरुद्ध ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरुको विरोध प्रदर्शन हुँदै

लघुवित्त र मिटरब्याजीविरुद्ध ६ कम्युनिस्ट पार्टीको किसान संगठनहरुले संयुक्त विरोध प्रदर्शन गर्ने भएको छ । किसान संघर्ष समितिको आयोजनामा आज माइतीघर मण्डलामा दिउँसो १२ देखि ६ कम्युनिस्ट पार्टीको किसान संगठनहरुले लघुवित्त, मीटरब्याजी, रासायनिक मलखाद, कृषिमा वैदेशिक लगानी, भूमि बैक लगायतकोे ज्यादती विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्ने भएको हो । 

मण्डलामा आज नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरूले आफ्नो उपस्थिती जनाउने छन् । 

किसानहरूका हक, हित अधिकारको पक्षमा आफूहरु विरोध प्रदर्शन गर्ने आयोजकले जनाएको छ । उपस्थित हुन सम्पूर्णलाई किसान संघर्ष समितिले आवहन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको