Like us!
Follow us!
Connect us!
Watch us!

भाजपाको निम्तोमा माओवादी केन्द्रको पाँच सदस्यीय टोलीको भारत भ्रमण तय

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १३ : ५५ मा प्रकाशित

भाजपाको निम्तोमा माओवादी केन्द्रको पाँच सदस्यीय टोलीको भारत भ्रमण तय

भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा भारत भ्रमणमा जाने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेताहरुको नामको टुंगो लागेको छ । माओवादी केन्द्रले उपमहासचिव पम्फा भुषालको नेतृत्वमा पाँच सदस्यीय टोली तय गरेको हो ।

२३ जुलाईमा भारत भ्रमणमा जाने नेताहरुमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु रामेश्वर राय यादव र सुरेशकुमार राई छन्। माओवादी केन्द्रका अनुसार भ्रमण ६ दिनको हुनेछ। टोलीले भाजपाका नेताहरुसँग भेट्ने कार्यक्रम रहेको छ ।

भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध स्थापित गर्न भ्रमणको निम्तो दिन थालेको छ। २०२१ मा काँग्रेस नेता डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय टोली भाजपाको निम्तोमा भारत भ्रमणमा गएको थियो।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको