Like us!
Follow us!
Connect us!
Watch us!

अपराह्न ४ बजे समाजवादी मोर्चा घोषणा हुने

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १२ : ०१ मा प्रकाशित

अपराह्न ४ बजे समाजवादी मोर्चा घोषणा हुने

नेकपा (माओवादी केन्द्र)लगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । मोर्चाको अवधारणासमेत तयार भएको उनीहरुले जानकारी दिएका छन् ।

मोर्चा घोषणाका लागि राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेका लागि कार्यक्रम तय गरिएको छ । यसअघि ३ बजेका लागि कार्यक्रम तय भएकामा एक घण्टा पर सारिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले समय परिवर्तन गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज मोर्चा घोषणा गर्ने र त्यसको न्यूनतम अवधारणालाई स्वीकृत गरेको थियो ।

मोर्चा घोषणाको संयुक्त अवधारणामा हस्ताक्षरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुले छलफल गरेका छन् । छलफलमा प्रधानन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेता सहभागी छन् ।-रासस/File Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको