Like us!
Follow us!
Connect us!
Watch us!

विकल्प दिन नसकेकै कारण युवाहरु आन्दोलनबाट बाहिरिएः हरिबोल गजुरेल

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १६ : ५२ मा प्रकाशित

विकल्प दिन नसकेकै कारण युवाहरु आन्दोलनबाट बाहिरिएः हरिबोल गजुरेल

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिष्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।

माओकै पालामा पनि कम्युनिष्ट विचार अवरुद्ध भएको भन्दै उनले वैचारिक योगदान पुर्यान नसक्नेले विकल्प दिनपर्नेमा जोड दिए । माओवादी जनयुद्धले विश्वको कम्युनिष्ट आन्दोलनलाई संश्लेषण गरेको उनको दाबी छ । पार्टीभित्र अहिले वैचारिक विकास नै मुख्य समस्याको रुपमा रहेको उनको भनाई छ । पुष्पलालले आफ्नो जीवनकालमा जेजति सकेको वैचारिक विकास गरेको भन्दै उनले प्रसंशा गरे । पुष्पलालकै वैचारिक धारमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको उनको दाबी छ । 

‘माओकै समयमा गएर विचारको विकास अवरुद्ध भयो । ८० वर्षको उमेर हुँदा माओ बोल्न सक्नुहुँदैनथ्यो । उहाँले बोलेको कुरा सुनिँदैन थियो । तर, पनि उहाँ नेतृत्वमा रहनुभयो । पछिल्ला दिनहरुमा जब आफू क्रियाशील हुन सक्दैन, आफ्नो भूमिका प्रभावकारी हुँदैन, वैचारिक राजनीतिमा योगदान हुँदैन भने त्योबेला विकल्पतिर जानुपर्ने र सोच्नुपर्ने मलाई लाग्छ । माओको जीवनकालको उत्तराद्र्धमा वैचारिक राजनीतिक अवरुद्ध हुँदा कम्युनिष्ट आन्दोलन बरालियो,’– उनले भने । 

पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाई छ । गणतन्त्रसम्मको परिवर्तन पुष्पलालकै लाईनले आएको उनको दाबी छ । गजुरेलले अब पुष्पलालको लाईनले समाजवादको लक्ष्य, साम्यवादको लक्ष्यमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने प्रश्न चिन्ह खडा भएको बताए । अहिलेको यही तौरतरिका, विचार, नीति, आचरण र क्रियाकलापले अबको कम्युनिष्ट आन्दोलन समाजवाद र साम्यवादसम्म पुग्नेमा आशंका जन्मिएको उनको भनाई छ । विकल्प दिन नसकेकै कारण युवाहरु आन्दोलनबाट बाहिरिएको उनको भनाई छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको