Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा र रिलायन्स लाइफको सेयर कारोबार रोक्का

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १२ : ५५ मा प्रकाशित

सानिमा र रिलायन्स लाइफको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । दुबै कम्पनीले चैत ९ गतेदेखि एकिकृत कारोबार थाल्ने भएपछि नेप्सेले सेयर कारोबार रोक्का गरेको हो । 

दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपछि चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्दैछ ।  यी २ कम्पनी १:१ काे अनुपातमा मर्ज भएको छ। 

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, दुवै कम्पनीकाे फागुन १२ गते सम्पन्न भएकाे साधारण सभाले मर्जरकाे प्रस्ताव पारित गरिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको