Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबारका लागि योग्य १०२ सूचीकृत कम्पनी,कुन-कुन परे ? (सूचीसहित)

अर्थ संसार

मंगलबार, १५ माघ २०८१, १७ : ०६ मा प्रकाशित

नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबारका लागि योग्य १०२ सूचीकृत कम्पनी,कुन-कुन परे ? (सूचीसहित)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।

मंगलबार सूचना जारी गर्दै  नेप्सेले १०२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूचीमा राखेको हो।

यस अघि नेप्सेले सार्वजनिक गरेको यो सूचीमा ११२ वटा कम्पनी रहेका थिए । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ ।

मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा १६ वटा वाणिज्य बैंक ,६ वटा राष्ट्रियस्तरका विकास बैंक,३३ वटा लघुवित्त संस्था,९ वटा जीवन बीमा कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी,एउटा पुनर्बीमा कम्पनी र एउटामात्रै फाइनान्स कम्पनी परेका छन्। यस्तै,लगानी समूहका ४ वटा, उत्पादन समूहका ३ वटा, जलविद्युत समूहका १५ वटा, होटल समूहका २ वटा र अन्य समूहबाट नेपाल टेलिकम पनि मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा परेका छन्।

वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, एनएमबि, एनआईसी एसिया, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल बैंक, नबिल, माछापुच्छ्रे, कुमारी, हिमालयन, ग्लोबल, एभरेष्ट, सिटिजन्स र कृषि विकास बैंक मार्जिन कारोबारयोग्य कम्पनीमा परेका छन्। राष्ट्रियस्तरका ६ वटा विकास बैंकतर्फ गरिमा, लुम्बिनी, महालक्ष्मी, मुक्तिनाथ, सांग्रिला र शाइन रेसुंगा छन्।

जीवन बीमा कम्पनीतर्फ एसियन लाइफ, आइएमई लाइफ, नेसनल लाइफ, नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ र सूर्यज्योति लाइफ परेका छन्। त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन एभरेष्ट, नेको, एनएलजी, प्रभु, सगरमाथा लुम्बिनी, शिखर, सिद्धार्थ, युनाइटेड अजोड र नेपाल इन्स्योरेन्स पनि मार्जिनयोग्य कम्पनीको सूचीमा परेका छन्। 

यो सूचीमा नेपाल पुनर्बीमा कम्पनी पनि परेको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको