Like us!
Follow us!
Connect us!
Watch us!

छ महिनामा १६ अर्ब ३३ करोडको थप धितोपत्र सूचीकृत, कुन क्षेत्रको कति ?

अर्थ संसार

सोमबार, २१ माघ २०८१, १४ : ५२ मा प्रकाशित

छ महिनामा १६ अर्ब ३३ करोडको थप धितोपत्र सूचीकृत, कुन क्षेत्रको कति ?

चालु आर्थिक वर्षको छ महिनामा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब नाघेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड कायम भएको छ ।

गत वर्षको सोही अवधिको तुलानामा धितोपत्र बजार पुँजीकरण ९ खर्ब ७२ अर्ब १३ करोडले बढेको हो । गत वर्षको पुस मसान्तसम्म बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रहेको थियो । गत आवको सो अवधिमा २१२०.६२ रहेको नेप्से सूचकाङ्क चालु आवको पुस मसान्तमा २५९४.१३ कायम भएको छ ।

समीक्षा अवधिसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

यो अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ८ अर्ब ६४ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५१ अर्ब ३७ करोड रहेको छ । आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ७ अर्ब १७ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ करोड ९८ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको