Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत,कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार

सोमबार, २८ माघ २०८१, १५ : ४३ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत,कुन कम्पनीको कति कित्ता ?

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा सोल्टी होटल लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सोल्टी होटलको १० प्रतिशतका दरले ९२ लाख ९० हजार ८९९ कित्ता बोनस सेयर,  एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको  ५ प्रतिशतका दरले ६ लाख ११ हजार ६०५ कित्ता र मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशतका दरले ३ लाख ७ हजार ९ सय ८४ कित्ता बोनस सूचीकृत भएको हो ।

३ कम्पनीको १ अर्ब २ करोड १० लाख ४८ हजार ९१८ रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको