Like us!
Follow us!
Connect us!
Watch us!

१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार

अर्थ संसार

आइतबार, ०४ फागुन २०८१, १५ : ०९ मा प्रकाशित

१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार

आज सेयर बजार बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक १९.५६ विन्दुले बढेर २६९८.०३ अंकमा आइपुगेको छ ।

आज ९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा बढी फाइनान्स समूह बढेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्  ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको