एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्रीमा ल्याउने भएको छ । बैंकले संस्थापक तर्फको ६७ हजार ६०७ कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याउने भएको हो । बैंकले चैत १६ गतेदेखि २३ गतेसम्म व्यक्तिगत संस्थापकहरूको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याउने भएको हो ।
उक्त सेयरको मूल्य प्रतिकित्ता रू. १८० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको अवधिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी काठमाडौंमा पेश गर्नुपर्ने बैंकले जनाएको छ । बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २४ गते एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस