Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा स्मार्ट सिटी आयोजना अन्तरगतको दुई सडकको शिलान्यस

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, ११ : ४७ मा प्रकाशित

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा स्मार्ट सिटी आयोजना अन्तरगतको दुई सडकको शिलान्यस

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्ट सिटी आयोजना अन्तरगतको दुई सडकको शिलान्यस गरेकी छिन् । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर – ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सडक निर्माण गर्नेछ ।

ती दुबै सडक निर्माणका लागि महालक्ष्मीरओम सत्य साइ जेभी भरतपुरले जिम्मा पाएको छ । सो अवसरमा बोल्दै मेयर रेनुले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती सडकको शिलान्यास गर्नुहुँदै महानगरलाई ‘स्मार्ट सिटी’ निर्माणका क्रममा सडक निर्माण तीव्र बनाइएको बताईन् । उनले भनिन् “अहिलेको प्याकेजमा सडक निर्माण, नारायणी नदी किनार आरतीस्थल निर्माण, बसपार्क निर्माणलगायतका क्षेत्रमा काम हुँदैछ ।”

कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले विकासका हरेक गतिविधिमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, “समयमा काम सक्नुस् । हामी सम्मान गर्छौं ।

स्मार्ट सिटी आयोजना अन्तरगत भरतपुरमा अहिले ११ वटा प्याकेजमा काम भइरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत देवघाटमा बस पार्क, नारायणी सि बिच, नारायणीमै आरती भवन र भरतपुरका ९ वटा सडक निर्माणको ठेक्का सम्झौता भएको छ ।

आयोजनाको ठेक्का महालक्ष्मी सत्य साई  जेभी भरतपुरले पाएको छ ।सोमबार भरतपुर २५ मा रहेको किसान चोक र भरतपुर ९ मा रहेको काँडाघारीमा एक कार्यक्रमका बीच दुई वटा आयोजनाको शिलान्यास गरिएको छ । करिब ५० करोड रुपैयाँको यो कार्यक्रमका धेरै कामहरु अघि बढी सकेको निर्माण कम्पनीले जनाएको छ ।यसअघि भरतपुरमा स्मार्ट सिटी आयोजनामा  करिब रु २ अर्बको कामहरु अगाडि बढेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको