Like us!
Follow us!
Connect us!
Watch us!

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १३ : ११ मा प्रकाशित

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको हो । 

सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने जनाइएको छ । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको हो।

बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको कारण हाल उद्योगमा कोइलाको समस्या नरहेको बुझिएको छ । सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको