Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड नेतृत्वको सरकारलक्षित ओलीको हिन्दी उखान-‘भैँसके आगे बीन बजाए, भैँस रहे पगराए’

अर्थ संसार

शनिबार, ११ चैत्र २०७९, ०७ : ३२ मा प्रकाशित

प्रचण्ड नेतृत्वको सरकारलक्षित ओलीको हिन्दी उखान-‘भैँसके आगे बीन बजाए, भैँस रहे पगराए’

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनु भनेको भैंसीको अगाडि बीन बजाउनुजस्तै भएको बताएका छन्। हिजो (शुक्रबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सुझाव दिनु भनेको भैँसीको अगाडि बीन बजाए जस्तै भएको बताएका हुन्।

‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दी उखान, भैँसके आगे बीन बजाए, भैँस रहे पगराए भनेजस्तै छ। भैँसीको अगाडि बीन बजायो भने उग्राएर बस्छ। त्यो केही मतलब राख्दैन। त्यस्तै हो। अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि। हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्योट गर्नु एउटै कुरा हो’-उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको