Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति?

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ११ : १४ मा प्रकाशित

एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति?

एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।प्रतिकित्ता रू १ हजार मूल्य अंकित दरको रू ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात रू १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ । 

सर्वसाधारणमा बाँडफाँड गरिने ४० % ऋणपत्रमध्ये ५ % दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरि सकिएको छ । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बिक्रीमा आउन लागेको हो ।

यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतम १६ लाख कित्तासम्म माग गर्न सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । उक्त ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको