Like us!
Follow us!
Connect us!
Watch us!

सांसद् हरि ढकालको प्रश्न– सेयर बजारमा कति खर्ब गुमाएपछि सरकारको ध्यानाकर्षण हुने हो?

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १४ : १५ मा प्रकाशित

सांसद् हरि ढकालको प्रश्न– सेयर बजारमा कति खर्ब गुमाएपछि सरकारको ध्यानाकर्षण हुने हो?

सांसद् हरि ढकालले सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद् ढकालले सेयरबजार लगातार १९ महिनादेखि ओरालोतिर रहेको बताएका हुन्।

उनले भने, ‘लगातार १९ महिनादेखि निरन्तर सेयरबजार ओरालो लागेको छ। १४ खर्ब गुमाइसकेका छन्। कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो? लगानीकर्ताले अब कति रकम , कति लगानी गुमाउने पर्ने हो ?’

चितवन- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद् ढकाल सेयर बजारमा सक्रिय छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको