Like us!
Follow us!
Connect us!
Watch us!
समाज कहाँ जाँदै छ ? के बन्दै छ

भ्रष्टाचार संस्थागत भयो, विदेशबाट शव ल्याइएका बाकससमेत फुटाएर लुटिन्छ– हरि ढकाल

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १४ : ३० मा प्रकाशित

भ्रष्टाचार संस्थागत भयो, विदेशबाट शव ल्याइएका बाकससमेत फुटाएर लुटिन्छ– हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नेपालमा भ्रष्टाचारको संस्थागत विकास भएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहिबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले भ्रष्टाचारको संस्थागत विकासका कारण विदेशबाट एयरपोर्टमा आइपुग्दा शव ल्याएका बाकससमेत फुट्न थालेको उनले बताए ।

‘विदेशबाट शव ल्याउँदाखेरी शव भएको बाक्सा फोरिएको छ एयरपोर्टमा । केही सामन छ कि भनेर, लुट्नलाई । हामीले व्यागेजहरु फुटेको, व्यागहरु फुटेको त जानकारी थियो । समाज कहाँ जाँदै छ ? के बन्दै छ । भ्रष्टाचारको संस्थागत यसरी भएको छ शव बोकेको बाक्सासमेत छोडिँदैन,’– उनले भने ।

भ्रष्टाचारको संस्थागत विकासका कारण गरिब चेपाङ बच्चाहरुलाई विद्यालयमा दिइने दिवा खाजामासमेत लुटिइरहेको उनको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको