Like us!
Follow us!
Connect us!
Watch us!

नियामकले गलत औजार प्रयोग गर्दा लगानीकर्ताहरुले १७ खर्ब लगानी गुमाइसके : हरि ढकाल

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १७ : २६ मा प्रकाशित

नियामकले गलत औजार प्रयोग गर्दा लगानीकर्ताहरुले १७ खर्ब लगानी गुमाइसके : हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नियामकले मौद्रिक नितिमार्फत् गलत औजार प्रयोग गर्दा लगानीकर्ताहरुले १७ खर्ब लगानी गुमाइसकेको भन्दै त्यस तर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै यस्तो बताएका हुन् ।

उनले ५६ लाख लगानी कर्ताले लगानी गरेको नेपालको पुँजीबजार विगत २० महिना देखि निरन्तर घटीरहेको समेत बताए । करिब २० महिनादेखि निरन्तर घटीरहेको पुँजीबजारमा  लगानीकर्ताहरुले करिब १७ खर्ब आफ्नो लगानी गुमाइसकेको समेत बताए । उनले उक्त विषयमा अर्थमन्त्रीलाई गम्भीर हुन समेत आग्रह गरे । 

उनले भने, ‘५६ लाख लगानी कर्ताले लगानी गरेको नेपालको पुँजीबजार विगत २० महिना देखि निरन्तर घटेको छ । लगानीकर्ताहरुले करिब १७ खर्ब आफ्नो लगानी गुमाइसकेको छ । नियामक निकायले मौद्रिक नितिमार्फत् गलत औजार प्रयोग गर्यो । जसका कारण २० महिना अगाडी नेपालको पुँजी बजारले मासिक ३.२५ अर्ब राजस्व गरियो अहिले जम्मा महिनाको ५ करोड योगदान गर्नुसकेको छ । म अर्थमन्त्री ज्यूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको