Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्वीटी फण्ड ५९ पैसाले घट्यो, सानीमाको २ लाख ६७ हजार ९२३ कित्ता लगानी

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १७ : ३१ मा प्रकाशित

सिद्धार्थ इक्वीटी फण्ड ५९ पैसाले घट्यो, सानीमाको २ लाख ६७ हजार ९२३ कित्ता लगानी

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको सिद्धार्थ इक्वीटी फण्डले २०७९ साल फागुन मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । फाल्गुण मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद समपत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ८६ पैसामा कायम भएको हो । फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य माघ मसान्तसम्ममा १० रुपैयाँ ४५ पैसा रहेको थियो । उक्त मूल्य माघ मसान्तको तुलनामा ५९ पैसाले घटेको हो ।

त्यसैगरी, फाल्गुण मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा पनि १ अर्ब ८ करोड ४ लाख ३० हजार रुपैयाँ लगानी गरेको छ । फण्डको संख्याको आधारमा ७६ सुचिकृत कम्पनीमा लगानी गरेको देखिएको छ । 

फण्डले एनआइसी एसिया बैंक १ लाख ६ हजार कित्ता, सेन्चुरी कमर्सियल बैंक लिमिटेड १ लाख ५८ हजार कित्ता, ग्लोबल आईएमई बैंक लिमिटेड १ लाख ५५ हजार कित्ता, सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड १७ हजार ५ सय कित्ता, कुमारी बैंक लिमिटेड ४४ हजार कित्ता, एनएमबी बैंक ९३ हजार कित्ता, प्राइम कमर्सियल बैकं लिमिटेड १ लाख ५० हजार कित्ता, सबैभन्दा धेरै सानीमा बैंक लिमिटेड २ लाख ६७ हजार कित्ता, प्रभु बैंक लिमिटेड २ लाख १० हजार कित्ता र सनराइज बैंक लिमिटेड ६० हजार कित्ता लगानी रहेको छ । 

त्यस्तै उक्त फण्डले बुटवल पावर कम्पनी लिमिटेड, चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेड, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका कम्पनीमा लगानी रहेको देखिन्छ । त्यस्तै शिवम् सिमेन्टस् लिमिटेड र अन्य समूहका नेपाल दूरसञ्चार कम्पनी लिमिटेड लगायत कम्पनीमा पनि फण्डले लगानी गरेको देखिएको छ । 

फण्डले सार्वजनिक गरेको फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको