Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ खुलामुखी योजनाको न्याभ घट्यो, सानिमा बैंकको सेयरमा २७,५०० कित्ता लगानी

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १६ : ३२ मा प्रकाशित

सिद्धार्थ खुलामुखी योजनाको न्याभ घट्यो, सानिमा बैंकको सेयरमा २७,५०० कित्ता लगानी

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन भइरहको सिद्धार्थ खुलामुखी योजना-२०७९ साल फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

फाल्गुण मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ८ रुपैयाँ १८ पैसाले घटेको हो । माघ मसान्तसम्ममा फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य ८ रुपैयाँ ५५ पैसा रहेको थियो । त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीले सेयरमा गरेको लगानी १६ करोड ४२ लाख २० हजार रुपैयाँ रहेको छ । फण्डको ६३ सुचिकृत कम्पनीमा लगानी देखिएको छ । 

फण्डले सुचिकृत धितोपत्र(सेयर)मा हिमालयन बैंक लिमिटेडमा ६ हजार कित्ता, सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडमा ५ हजार कित्ता, सानिमा बैकं लिमिटेड २७ कित्ता, नबिल बैंक लिमिटेडमा १० हजार कित्ता, एनआईसी एसिया बैंक लिमिटेडमा १२ हजार कित्ता, एभरेष्ट बैंक लि.मा १४ हजार कित्ता, गरिमा बैंक लिमिटेडमा ७ हजार कित्ता, ग्लोबल आइएमई बैंक लिमिटेडमा १७ हजार कित्ता, नेपाल इन्भेष्ट मेगा बैंक लिमिटेडमा ८ हजार कित्ता, माच्छापुछ्रे बैंक लिमिटेडमा १६ हजार कित्ता, सनराइज बैंक लिमिटेडमा ७ हजार कित्ता, नेपाल बैंक लिमिटेडमा ५ हजार कित्ता, एनएमबी बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडमा ११ हजार कित्ता संख्यामा लगायत बैंकहरुमा लगानी गरेको छ ।

त्यस्तै, फण्डले चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पीन लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड, नेको कम्पनी इन्स्योरेन्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पीन लिमिटेड, नेपाल दुरसञ्चार कम्पनी लिलिमिटेड र एशियन लाइफ इन्स्योरेन्स लगायतका इन्स्योरेन्सहरुमा विभिन्न संख्यामा लगानी रहेको छ । 
 
साथै सिवम् सिमेन्ट लिमिटेड, हिमाललयन पावर पार्टनर लिमिटेड, आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेड, अरुण काबेली पावर लिमिटेड, कालीका पावर कम्पनि लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत लघुवित्तहरुमा पनि खुलामुखी योजनामा संख्याका आधारमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेको फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छ:

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको