सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने जनाएको छ ।
प्रस्तावित लाभांंश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले आर्थिक वर्ष २०७९/८० मा भने ४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस