सिद्धार्थ बैंक लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।
बैंकले पुस २८ गते २८ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत नगद लाभांश (कर समेत) बुक क्लोज बन्द हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा पुस २८ गतेदेखि नै जम्मा गरेको हो ।
साथै, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस