Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति,लगानीकर्तालाई ब्याज कति ?

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १८ : २१ मा प्रकाशित

सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति,लगानीकर्तालाई ब्याज कति ?

सिद्धार्थ बैंकले साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ। बैंकले नेपाल धितोपत्र बोर्डसँग ऋणपत्र ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।  

कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

सिद्धार्थ बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७.२५ प्रतिशत ब्याज पाउनेछन्। यसको परिपक्व हुने अवधि १० वर्ष रहेको छ । ऋणपत्र बिक्रीका लागि एनएमबि क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको