Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तले फेरीएको दौलथ कुमार खत्रीको कथा

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १३ : ३५ मा प्रकाशित

लघुवित्तले फेरीएको दौलथ कुमार खत्रीको कथा

माईजोगमाई गाऊपालिका– १, नयाँबजार ईलामका दौलथ कुमार खत्री गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय नयाँबजारको केन्द्र नं. ३२ का सदस्य हुुन् । उनलाई आज भन्दा पाँच बर्ष अगाडी आफ्नी आमाले घर धान्नको लागि गर्दौ आएको तरकारी बेच्ने कार्यलाई ब्यवस्थित गर्ने चाहाना थियो । झण्डै सात बर्ष वैदेशिक रोजगारी गरी फर्कीएका उनी डोकोमा  बोकेर स्थानिय स्थरमा उत्तपदित मौसम अनुसारका तरकारी बजारमा घर– घरै डुलाउदै बेच्ने तरीकालाई निश्चित स्थानमा ब्यवसायको रुपमा सञ्चालन गर्न चाहान उनीमा थियो । 

आफुसँग भएको थोरै पैशा र गुराँस लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यलय नयाँबजारबाट लिएको रु. १,५०,०००। व्यवसायीक कर्जा मार्फत् आफ्नो व्यसाय अगाडी बढाएका दौलथ सुरुका दिन हरु धेरै पिडादायी र संघर्ष पुर्ण रहेको बताउँछन् । आफू घरको  जेठो छोरभएको र आफू भन्दा तल तीन जना भाई र बुबा आमा गरी जम्मा छ जनाको परिवरका जिम्मेवरीले विगताका दिनहरु निकै संघर्ष पूर्ण थिए । यीनै संघर्षसँग जुध्दै आफ्नो कार्यमा दिनरात नभनी आगडी बढेको उनले निकै भावुक मुद्रमा बताए ।

स्थानीय जोगमाई गाऊमा कृषको बारीमै गएर तराकारी खरीद गरी बजारमा ल्याएर बिक्री गर्न थाले । सुरु सूरुमा त जति मा खरीद गरेको त्यतिमानै बिक्री गरेका उनले विस्तारै बिस्तारै थोरै मात्र नाफा निकालेर बेच्ने गर्दथे । उनको ब्यवसाय बढ्दैगयो स्थानिय बासिले उत्तपादन गरेका स्थानिय तरकारी उत्तपादक कृषको घरमानै गएर मौसम अनुसारको उचित मुल्यमा खरीद गर्ने थालेकोले स्थानिय पनि हर्षीत थिए । संघर्षको बेला यसले केहि पनि गर्दैन यो बिदेशमा डुबर आएको हो, यसले अरुपनि डुबाउँछ जस्ता कुराकाट्ने हरुका अगाडी आफु यसरी सफल हुनु को पछाडी आफ्ना छिमेकीले विश्वस नगरेका बेला मेरो उद्यमशिलता देखेर होस्टेमा हैसे गर्ने गुराँस लघुवित्त वित्तीय संस्था शाखा कार्यलय नयाँबजार लाई कहिलै नबिर्षने उनको भनाई छ । 

हाल दैनिक खर्च कटाएर औसतमा चार हजार नाफा हुन्छ भने बेमौशमका बेला अझै बढी नाफा हुने गरेको बताउँछन । उनको ब्यपार अहिले नयाँबजारमा मात्र हैन झापाको बिर्तामोड र दमक सम्म पनि मौसम अनुसारका तराकारी  निर्यात गर्ने गरेका उनको पैतिस लाख भन्दा माथी लागानी रहेको बताए । उनी आफुमात्र उद्यमी बनेनन् माईजोगमाई गाऊपालिकाका स्थानियलाई मौसम अनुसारका तरकारी बिउ बिजन र आधुनिक तरकारी खेति तालिम आफ्नै लगानिमा सांचालन गरी स्थानीयलई पनि ब्यवसायीक बनाएका छन् । सानो पूँजीमा केही  गर्न सकिदैन भन्नेका लागी निश्चित उधेस्यकासाथ मेहनत गरे सफल हुन सकिन्छ भन्ने गतिला उदाहरण हुन दौलथ कुमार खत्री ।                                          


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको