Like us!
Follow us!
Connect us!
Watch us!

बालेनविरुद्ध काठमाडौँमा प्रदर्शन

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १४ : २९ मा प्रकाशित

बालेनविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुम्वासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् । काठमाडौंको नयाँ बानेश्वरदेखि माईतिघरसम्म विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन ।

आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरु गरिएको जनाइएको छ । संविधान,र कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर शाहले गरिरहे प्रदर्शनकारीहरुले बताए । साथै, आफूहरुको माग सुनुवाई नभएमा कडा आन्दोलनमा जान बाध्य हुने उनीहरुको चेतावनी छ ।-Photo Source: ArthaSansar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको